Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बेनी नगरपालिकाको मेयरमा सुरज केसी र उपमयेरमा ज्योती लामिछाने विजयी

बेनी नगरपालिकाको मेयरमा सुरज केसी र उपमयेरमा ज्योती लामिछाने विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • ०९:४९:४८ बजे
  • 1.1K
    SHARES
  • बेनी नगरपालिकाको मेयरमा सुरज केसी र उपमयेरमा ज्योती लामिछाने विजयी

    बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरज केसी र उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी हुनुभएको छ ।

    images

    मेयरमा विजयी केसीले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।

    मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपती शाहीले ५ हजार ५०० मत प्राप्त गनुर्भएको छ। मेयर १ हजार ३९९ मत र उपमेयरमा १ हजार ५४३ मत अन्तरमा विजयी हासिल गरेका छन् ।

    बेनी नगरपालिकाको वडानम्वर १ नेकपा एमालेका टेकबहादुर थापा २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्द्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मस्विर रोका वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

    म्याग्दीमा ६ स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

    त्यस्तै रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ । अन्नपुर्ण गाउँपालिकाको मतगणना जारी हुदाँ एमालेले अग्रता कायम गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology