Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

तनहुँको आँबुखैरेनी गाउँपालिमा माओवादी विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिमा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • १०:०९:४८ बजे
  • 922
    SHARES
  • तनहुँको आँबुखैरेनी गाउँपालिमा माओवादी विजयी

    तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ ।

    images

    गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान तीन हजार ९४० मत र उपाध्यक्षमा दुर्गा अर्यालले दुई हजार ८४८ मतसहित निर्वाचित भएका हुन् ।

    उनीहरूका प्रतिस्पर्धी अध्यक्षमा नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत र उपाध्यक्षमा पवित्रा गौलीले २ हजार १८३ मत प्राप्त गरेकी छन् ।

    ६ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (एमाले)ले एउटा वडामा जित हासिल गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology