Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • १२:५२:३१ बजे
  • 574
    SHARES
  • विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

    नेत्रविक्रम चन्द (विप्लव)को घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ ।

    images

    वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु)ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे ।

    सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए ।

    उनले ५ सय १७ मत प्राप्त गरे । वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन भए भने विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।

    त्यस्तै, माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनेकी छन् ।

    दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विक निर्वाचित भइन् । एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भईन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology