पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार धनराजले राप्रपाका शंकर खराललाई १५ सय बढी मतले पछाडि पारेका छन् ।
धनराजले अहिले १०९३९ मत ल्याएका छन् भने राप्रपाका शंकरले ९४०५ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखतर्फ कांग्रेसका कोपिला रानाभाटले अग्रता लिएका छन् ।
उनले १२१३० मत पाउँदा नेकपा एमालेका मञ्जुदेवी गुरुङ ११४८३ पाएका छन् ।