सत्तारुढ दल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्व निर्णायक मोडमा पुगेको छ । १०असारमा बसेको स्थायी कमिटि बैठकमै दुई अध्यक्षले एक अर्काविरुद्ध कटाक्ष गरेका थिए । यो कटाक्ष अघिल्लो दिन प्रचण्डलेबालुवाटारमा ओलीलाई सरकारबाट ब्याक हुन भनेपछि भएको हो । उनले स्थायी कमिटि बैठकमा सम्बोधनका क्रममा ‘बेसारको नाममाराजीनामा दिने ?’ भनी व्यङ्ग्य गरेका थिए ।
दुवै अध्यक्ष एकले अर्कोको रणनीति असफल बनाउन लागेका छन् । एमसीसीको विषय संसदबाट पारित गर्न ओली लागेका छन् भनेप्रचण्ड विफल बनाउन सक्रिय छन् । नाम एमसीसी भएपछि उद्देश्य सरकार ढाल्ने रहेको देखिदैछ । एमसीसी विफल बनाएर ओलीलाईकमजोर देखाउने र राजीनामाका लागि वाध्य बनाउने प्रचण्डको रणनीति खुल्दै गएको छ । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टिव्यक्त गर्दै त्यसको संकेत गरेका छन् । त्यसमाथि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हट्नुले गल्ती भएको महशुश गरेकोसमेत स्थायी कमिटि बैठकमा बोले ।
नेकपाभित्र सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटि सबैतिर ओली अल्पमतमा छन् । उनले पूर्व एमालेलाई एकजुट बनाउन जानसकेमात्र बहुमत हुनसक्ट । तर, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता हस्तीहरु उनको विपक्षमा उभिएका छन् ।यसले ओलीलाई निकै कठिन बनाएको छ एमसीसी पारित हुन नदिने ओलीइतरको समुहको रणनीतिपछि संसदीय दलमा बहुमतभएकाले त्यसैलाई प्रयोग गर्ने तयारी नगरेका होइनन् । तर, पार्टी निर्णय नाघेर संसदीय दलमार्फत् बढ्न खोजे नेकपाभित्र दुर्घटनाकोखतरा छ ।
त्यसैले यो घटनाक्रमलाई नेकपाभित्र ओली र प्रचण्डको निर्णायक द्वन्द्व मानिएको छ एमसीसी पारित हुन नदिने ओलीइतरको समुहकोरणनीतिपछि संसदीय दलमा बहुमत भएकाले त्यसैलाई प्रयोग गर्ने तयारी नगरेका होइनन् । तर, पार्टी निर्णय नाघेर संसदीय दलमार्फत्बढ्न खोजे नेकपाभित्र दुर्घटनाको खतरा छ । त्यसैले यो घटनाक्रमलाई नेकपाभित्र ओली र प्रचण्डको निर्णायक द्वन्द्व मानिएको छ ।
प्रचण्डले ओलीलाई कमजोर बनाउन पूर्व एमालेका हस्तीहरुकै साथ लिएका छन् ।बरु पूर्व माओवादीबाट उनी पक्षधरहरु विस्तारै टाढिएर ओलीसम्म पुगेका आँकलन गरिएको छ जसमध्ये आपूर्तिमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी र दिनानाथ शर्माहरु छन् । सचिवालय सदस्य रामबहादुर थापा बादलको आफ्नै लाइन छ। यसरी प्रचण्डले ओलीविरुद्धको रणनीति तयार गर्न माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम समेतको साथ लिनुपरेको छ।
यसपटक यी नेता यताउता नभए ओलीलाई मुश्किल पर्न सक्छ माधव नेपाल झलनाथ खनाल बामदेब गौतम नारायण काजी जस्ता हस्तीबोकेर मैदानमा उत्रिएका प्रचण्डका अगाडी सर्वाधिक बिबादित ईश्वर पोख्रेल र गोकुल बास्कोटा जस्ता पात्र बोकेर मैदानमा कति टिक्नसक्ने हुन त्यो त १२ असार मा बस्ने स्थायी कमिटि बैठकमा देखिने छ!यसपटकको बैठकले एमसीसीको मात्र टुंगो नलगाईओली सरकारको भविष्यको पनि टुंगो लगाउन सक्छ । यसलाई रोक्न ओलीले कुन अस्त्र फाल्नेछन् त्यो पक्कै देखिनेछ ।