Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

यसरी ढले एमाले पहाडहरु, विपक्षीले कुटोले खोस्रेरै ढालिदिए

यसरी ढले एमाले पहाडहरु, विपक्षीले कुटोले खोस्रेरै ढालिदिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १०:३२:४७ बजे
  • 544
    SHARES
  • यसरी ढले एमाले पहाडहरु, विपक्षीले कुटोले खोस्रेरै ढालिदिए

    गुल्मीमा नेकपा एमालेले झण्डै चार दशक अघिदेखि आफ्नो लालकिल्ला रहेका थुप्रै साविकका गाविस (हालका वडाहरु) यसपालिको निर्वाचनमा गुमाएको छ । विपक्षी दलका लागि कोदालोले खनेर पहाड ढाल्न खोज्नुजस्तै ठानिएको जिल्लाको इस्मा गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा कोदालो वा गैची लगाउनै परेन, यसपाली विपक्षी दलले कुटोले खोस्रेरै ढालिदिए ।

    images

    एमालेका लागि अर्को अचल पहाड ठानिन्थ्यो- मदाने गाउँपालिका । त्यो पनि उपप्रमुखमा झिनो मतले बाहेक ढल्यो । अघिल्लो निर्वाचनमा एक वडा काङ्ग्रेसबाहेक अन्य ७ वटा वडाको पूरै प्यानलसहित प्रमुख-उपप्रमुख पद जितेको मालिका गाउँपालिका पनि एमाले पहाडको भग्नावशेष समेत नदेखिने गरी ढल्यो ।

    अर्थात् त्यहाँ एमाले शून्य भयो । वर्षाैँपछि काङ्ग्रेसबाट अघिल्लो निर्वाचनमा खोसेको रेसुङ्गा नगरपालिका पनि यसपाली एमालेले गुमायो । माओवादीसँग तालमेल गर्दा पनि एमालेले कालीगण्डकी गाउँपालिका प्रमुख गुमायो तर उपप्रमुख भने माओवादीलाई दिलायो । चन्द्रकोटमा अघिल्लो निर्वाचनमा उप प्रमुखसहित थुप्रै वडा जितेको एमालेले यसपाली गुमायो । मुसिकोट नगरपालिकामा पनि एमालेले विगतको साख गुमाएको छ ।

    ९ वटा वडामध्ये वडा नम्बर १ बाहेक ८ वटै वडासहित प्रमुख-उपप्रमुख अघिल्लोपटक जितेको एमालेले यसपाली चार वटा वडा गुमाएको छ । समग्रमा एमाले गुल्मी काङ्ग्रेसभन्दा आधा साइजमा घटेको छ । पालिका प्रमुखको जितलाई हेर्ने हो भने एमाले तेस्रो र माओवादी दोस्रो बनेको छ ।

    यसो हुनुमा एमालेकाे फुटकाे असर पनि रहेकाे बताइन्छ भने केही हदसम्म अन्तरघातकाे पनि शिकार बनेको जानकारहरुको विश्लेषण छ । इस्माको अमरपुरसहित थुप्रै किल्लाहरु गुमेकाेमा पार्टीभित्रै गम्भीर समीक्षा हुनुपर्नेमा एमाले कार्यकर्ताहरुको जोड छ । हिजो ७ पालिका प्रमुख र १० उपप्रमुख जितेको एमाले यसपाली क्रमशः ३ र ६ मा सीमित भएकाे छ । वडाहरु पनि थुप्रै गुमाएको छ तर वडाहरुको यकिन विवरण तयार गर्न बाँकी छ ।

    सत्यवतीमा भने एमालेले काङ्ग्रेसको पहाड होइन सगरमाथा ठानिएको बेस क्याम्पमा सामन्य गल लगाउँदैमा गर्ल्याम्मै ढलाइदियो । अझ काङ्ग्रेसका लागि त्यस गाउँपालिकाको भार्से ढल्नु भनेको माथि सत्यवतीको लेक ढल्नुसरह थियो । तर पुर्व माओवादी तथा वर्तमान एमाले नेताले नङले कोट्याउदैमा ढलाइदिए ।

    वडा नन्बर १, ७, ८ हुँदै ढल्दै जाने क्रममा काङ्ग्रेसका लागि सत्यवतीको शिर र छाती-मुटु समेत एमालेले ढलाइ दियो । त्यस्तै गठबन्धनका बावजुद पनि छत्रकोटमा एमालेले शानदार जित हासिल गर्यो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology