Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको विवेकले काम गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

एमालेको विवेकले काम गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १३:२३:३४ बजे
  • 1.2K
    SHARES
  • एमालेको  विवेकले काम गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरेका छन् । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो ।

    राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उनले लेखेका छन् । एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उनले बताएका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ ।

    नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology