Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले भित्र केपी वलीको राजीनामाको माग उठेपछि ...

एमाले भित्र केपी वलीको राजीनामाको माग उठेपछि ...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १३:२९:५८ बजे
  • 11.3K
    SHARES
  • एमाले भित्र केपी वलीको राजीनामाको माग उठेपछि ...

    एमाले भित्र केपी वलीको राजीनामाको माग उठेपछि ...

    images

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनको दुराशय चिर्न संसद् अवरोध हटाएको बताएका छन् । “नेकपा एमालेले विभेद र अन्याय विरुद्ध संसद् अवरोध गरेको हो ।

    हेर्दा ८ महिना अवरोध गरेजस्तो देखिए पनि हामीले २५ वटा बैठकमा विरोध जनायौं । सभामुखले बैठक नै डाक्नुभएन । नेपाली कांग्रेस र सभामुखमा प्रमुख प्रतिपक्षी दलको अवरोधलाई गम्भीरतापूर्वक लिने विवेक पाएनौं ।

    उनीहरुले त एमालेले यसै गरी अवरोध जारी राखोस् भन्ने दुराशय राखेको पायौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “अर्थतन्त्रका सूचकांक नकारात्मक छ र वैदेशिक सम्बन्ध पनि राम्रो छैन ।

    १४ जना सांसदमाथि कारबाही नभएपछि सर्वोच्च अदालतमा मुद्दा हाल्यौं । उसले कैयौं मुद्दा संसद् रहुन्जेल फैसला नगर्ने रवैया देखायो । अदालतले फैसला गर्न ठिक्क पार्दा प्रधानमन्यायाधीशमाथि महाभियोग लाग्यो ।

    जनताको दबाब र मिडियाका साथीहरुको सुझावका आधारमा हामीले प्रतिपक्षको जिम्मेवारीबोध गरेर संसद्को अवरोध हटाएका हौं ।” एमाले त २५१ दिनपछि रातारात युटर्न भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “विगतका निर्वाचनलाई हेर्दा पार्टी विभाजन जसले गर्छ, उसलाई जनताले अस्वीकार गर्छन् ।

    माधव नेपालले जन्माएको सानो पार्टीलाई कांग्रेसले ७० वटा प्रमुख पद दिएको थियो । एकाध ठाउँमा निर्विरोधबाहेक खासै जित्न सकेन । उसलाई जनताले नै इन्कार गरिसके भनेपछि अब हामीले त्यो मुद्दा उठाउन आवश्यक छैन भन्ने ठान्यौं । र, संसद्को अवरोध हटाएका हौं ।”

    अब एमालेले वामपन्थी पार्टीहरुसँग फेरि एकता गर्छ भन्ने अर्को प्रश्नमा प्रमुख सचेतक भट्टराईले भने, “हाम्रो पार्टीलाई कमजोर पार्ने, ध्वंस र विभाजन गर्न चाहने नेताहरुसँग पार्टीगत एकता किमार्थ सम्भव छैन ।

    बरु तलतलका कार्यकर्ता एमाले प्रवेश गर्नु उचित हो ।” स्थानीय तहको निर्वाचनमा एमालेले हारेपछि अब केपी ओलीले राजीनामा गर्नु होला भन्ने अर्को प्रश्नमा उनले भने, “स्थानीय तहको निर्वाचनका कारण केपी ओलीले राजीनामा दिनु पर्दैन । यो विशेष अवस्थामा भएको निर्वाचन हो ।

    ५ दललले एकै ठाउँमा भोट खन्याउँदा पनि एमालेले हराउन सकेनन् । प्रजिअ, प्रहरी प्रशासन, निर्वाचन आयोगको गठबन्धनको अनुकूलतामा लाग्दा पनि मत परिणामले पहिलो पार्टी एमाले नै हो । एमालेले संसदको चुनाव भन्दा बढी मत पाएको छ । भोलिपर्सि फेरि जस्ताको तस्तै हुन्छ । यो चुनावमा एमालेले पछुताउनुपर्ने अवस्था छैन ।”

    स्थानीय निर्वाचनमा पुराना प्रतिनिधिलाई अस्वीकार गरेको देखिएको टिप्पणी उनले गरे । उनले थपे, “पुराना प्रतिनिधिको हकमा जनस्तरमा निकै विरोध र आलोचना देखियो । त्यसकारण दोहोरिन नसक्ने स्थिति देखा पर्यो ।

    चुनावअघि बढी आश्वासन र विश्वास दिलाउने अनि चुनावपछि सीमित साधन र स्रोतका कारण काम गर्न नसक्ने अवस्था देखियो । जनताले चेन्ज र नयाँपन खोजेका छन् । एमालेका प्रतिनिधिले अब शासक होइन सेवकका रुपमा आफूलाई स्थापित गर्छन् । नेकपा एमाले नयाँ योजनाका साथ जनतामा जान्छ ।”

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology