Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनुले लिए १९ सय मतको फराकिलो अग्रता

भरतपुरमा रेनुले लिए १९ सय मतको फराकिलो अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १७:१७:२३ बजे
  • 976
    SHARES
  • भरतपुरमा रेनुले लिए १९ सय मतको फराकिलो अग्रता

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

    images

    पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १९०६ मतको फराकिलो अग्रता लिएका हुन् ।

    २९ हजार ४४६ गणना गर्दा रेनुले १० हजार ७४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् ।

    बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

    बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर विजयी भएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएकी खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

    विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेकी थिइन् । उनले आठ हजार ९१ मत ल्याएकी थिइन् ।

    वि.सं. २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ । अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology