Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र विजयी

बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • ०९:२७:५८ बजे
  • 649
    SHARES
  • बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र विजयी

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    जनता समाजवादी-माले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् । नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याएका छन् ।

    निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भए । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ । यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे ५५७९ मतसहित निर्वाचित भइन् ।

    उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology