Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेलाई हराउँदै माओवादीको पहिलो उपमहानगरमा प्रमुख बने राजन पौडेल

एमालेलाई हराउँदै माओवादीको पहिलो उपमहानगरमा प्रमुख बने राजन पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १०:२५:५४ बजे
  • 1.3K
    SHARES
  • एमालेलाई हराउँदै माओवादीको पहिलो उपमहानगरमा प्रमुख बने राजन पौडेल

    बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । माओवादी केन्द्रले उपमहानगरपालिकामा पहिलो जीत निकालेको हो ।

    images

    पौडेल १८ हजार ७ सय ४३ मतसहित विजयी भएका हुन् । एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन् ।

    पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए । त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो ।

    यस्तै उपप्रमुखमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology