Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत–चीन सीमाक्षेत्रमा झडपमा भारतका एक सैनिकको मृत्यु

भारत–चीन सीमाक्षेत्रमा झडपमा भारतका एक सैनिकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १६:१३:३८ बजे
  • 1.3K
    SHARES
  • भारत–चीन सीमाक्षेत्रमा झडपमा भारतका एक सैनिकको मृत्यु
    भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

    द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

    दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।

    पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology