Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पाँचथरमा माओवादीले उपप्रमुख थप्यो, एमालेले ७५ प्रतिशत गुमायो

पाँचथरमा माओवादीले उपप्रमुख थप्यो, एमालेले ७५ प्रतिशत गुमायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १०:४०:४५ बजे
  • 1.0K
    SHARES
  • पाँचथरमा माओवादीले उपप्रमुख थप्यो, एमालेले ७५ प्रतिशत गुमायो

    स्थानीय तह निर्वाचन अन्तर्गत पाँचथर जिल्लामा यसपटक नेपाली कांग्रेसले ३ प्रमुख थप्दा २ उप्रुमख गुमायो, नेकपा माओवादी केन्द्रले १ प्रमुख यथावत राख्दै ५ प्रमुख थप्यो भने एमालेले ३ प्रमुख र २ उपप्रमुख गुमायो ।

    images

    पाँचथरमा १ नगरपालिकासहित ८ पालिका छन् । जसमध्ये कांग्रेसले ६ प्रमुख र १ उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने माओवादीले १ प्रमुखसहित ५ उपप्रमुख जितेको छ ।

    कुन पालिकामा कुन पार्टीले कुन पद जित्यो ?


    कुम्मायक गाउँपलिकाको अध्यक्ष नेपाली कांग्रेसका बमप्रसाद लावती निर्वाचित भए भने नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का उपाध्यक्ष निर्वाचित भए ।

     

    तुम्वेवा गाउँपालिकामा कांग्रेसका बाबुराम खड्का अध्यक्ष निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रका खड्गसुन्दर सम्बाहाम्फे उपाध्यक्ष निर्वाचित भए ।

    फालेलुङ गाउँपालिकामा कांग्रेसका वीरविक्रम थाम्सुहाङ अध्यक्ष निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका मेहन्द्रहाङ जबेगु उपाध्यक्ष निर्वाचित भएका छन् ।

    फाल्गुनन्द गाउँपालिकामा कांग्रेसका वृजहाङ आङदेम्बे अध्यक्ष निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्बाङ उपाध्यक्ष निर्वाचित भए ।

    फिदिम नगरपालिकामा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले मेयर निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने उपमेयर निर्वाचित भएका छन् ।

    मिक्लाजुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरराज माखिम अध्यक्ष निर्वाचित भए भने नेपाली कांग्रेसका सन्तकुमार शेर्मा उपाध्यउक्ष निर्वाचित भएका छन् ।

    याङवरक गाउँपालिकामा नेकपा एमालेका भीमबहादुर योङया अध्यक्ष निर्वाचित भए भने नेकपा एमालेकै बावा मेन्याङ्बो उपाध्यक्ष निर्वाचित भए ।

    हिलिहाङ गाउँपालिकामा नेपाली कांग्रेसका समरबहादुर अधिकारी अध्यक्ष निर्वाचित हुँदा नेकपा एमालेका सुमित्र उप्रेती उपाध्यक्ष निर्वाचित भए ।

    कुन पार्टीले गुमायो, कुनले थप्यो ?


    नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा ३ प्रमुख र ३ उपप्रमुख जितेको थियो । यसपटक ३ प्रमुख थप्न सफल कांग्रेसले २ उपाधयक्ष भने गुमाएको छ ।

    अघिल्लो निर्वाचनमा ४ प्रमुख र ४ उपप्रमुख जितेको एमालेले यसपटक ३ प्रमुख र २ उपप्रमुख गुमाएको छ ।

    अघिल्लो निर्वाचनमा १ प्रमुख मात्र जितेको माओवादीले यसपटक भने १ प्रमुखसहित ५ उपप्रमुख जितेको छ ।

    अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपप्रमुख जितेको थियो । यसपटक भने, राप्रपाले अघिल्लो जित सुरक्षित गर्न सकेन ।

    यसरी हेर्दा कांग्रेसले प्रमुख थपेर उपप्रमुख गमायो, एमालेले ७५ प्रतिशत गुमाउँदा माओवादीले ५ उपप्रमुख थपेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology