Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १२:१६:३१ बजे
  • 694
    SHARES
  • भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

    चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

    images

    ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् ।

    त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी हो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत पाएकी छन् ।

    भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई राप्रपाको समर्थन छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology