कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका छन् ।
रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याए ।
उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।
सोरु गाउँपालिकामा एमालेलाई हराउँदै समाजवादीको सानदार जित
मुगुको सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाही निर्वाचित भएका छन् ।
उनले एमालेका डिल्लीप्रसाद भट्टलाई २ हजार १ सय ६६ मतान्तरले पराजित गरे ।
शाहीले ४ हजार ५५ मत ल्याउँदा भट्टले १ हजार ८ सय ८९ मतमात्रै पाए । उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही ४ हजार २ सय ३ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९ सय ६८ मत ल्याइन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी चुनाव लडेका थिए ।