Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ?

५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १३:२६:१९ बजे
  • 1.4K
    SHARES
  • ५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ?

     स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५२९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ। नेपाली कांग्रेस २३६ पालिकामा विजयी भएको छ।

    images

    परिणाम घोषणा भएकामध्ये कांग्रेसले ४४ प्रतिशत स्थानीय तहमो जित दर्ता गरेको हो। कांग्रेसले अहिलेसम्म २३९ प्रमुख पदमा विजयी हुँदा २२० पालिका उपप्रमुख जितेको छ।

    कांग्रेस प्रमुख पदमा ८० स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ७५ स्थानमा अगाडि छ। अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ।

    एमालेले १५० पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६१ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४२ र उपप्रमुख पदमा ७१ स्थानीय तहमा अगाडि छ।

    नेपाली कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने १०६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १८ प्रमुख र २१ उपप्रमुख पदमा अगाडि छ।

    जनता समाजवादी पार्टी ९जसपा०ले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

    अन्य दलमध्ये नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जितेको छ भने ६ वटामा स्वतन्त्रले जितेका छन्।

  • सम्बन्धित विषय:

  • # कुन दलले कति जिते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology