Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८० प्रतिशत मत परिणाम आइसक्यो: निर्वाचन आयोग

८० प्रतिशत मत परिणाम आइसक्यो: निर्वाचन आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १७:४२:३० बजे
  • 997
    SHARES
  • ८० प्रतिशत मत परिणाम आइसक्यो: निर्वाचन आयोग

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम ८० प्रतिशत आइसकेको जनाएको छ ।

    images

    बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिएका हुन् ।

    पत्रकार सम्मेलनका उनले भने, ‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुख÷उपप्रमुख, ३९६ गाउँपालिका अध्यक्ष-उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।

    ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३०३ जना निर्वाचित भइसक्नुभयो ।’ उनका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

    जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए ।

    परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology