Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रकाश शरण महतको क्षेत्र टोखा नगर पालिकामा किन हार्यो कांग्रेस, समिक्षा होला त ? 

प्रकाश शरण महतको क्षेत्र टोखा नगर पालिकामा किन हार्यो कांग्रेस, समिक्षा होला त ? 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • २०:४५:०८ बजे
  • 1.4K
    SHARES
  • प्रकाश शरण महतको क्षेत्र टोखा नगर पालिकामा किन हार्यो कांग्रेस, समिक्षा होला त ? 

    कर्ण अधिकारी टोखा ३ काठमाण्डौ।भर्खरै सम्पन्न भएको स्थानीय निकायको चुनावको परीणामलाई अध्ययन गर्ने हो भने नेपाली कांग्रेस पार्टी नै नेपालको नं १ पार्टी बन्नेमा कुनै दुई मत नै छैन । तिसौं बर्ष सम्म कम्युनिष्टहरूले लाल किल्ला भनेर झण्डा फहराई रहेको स्थानहरूमा काग्रेसले यो पटक चार तारे झण्डा फहराउन सफल भएको छ । कांग्रेसको केन्द्रिय कमिटीमा रहेका हरूले गठबन्धनको कारण कांग्रेस जित्यो राम्रो भयो भनि रहेको अबस्थामा मेरो  र कांग्रेसी सम्झेर रूख चिन्हमा मतदान गर्ने कार्यकर्ता साथै मतदाताहरूको बुझाई चाँहि अलि फरक रह्यो कारण कांग्रेसले गठबन्धन नै नगरेको ठाउँमा समेत ३० बर्ष पछि कम्युनिष्ट हराएका छन् । यसरी कांग्रेस जिति रहदा पनि टोखा नगर पालिकामा भने कांग्रेसले ७४ सालमा जितेको वडाहरू गुमाउदा चाहि

    images

    यस बिषयमा केहि कुरा उठान गर्न जरूरी सम्झिएर केहि लेख्ने जमर्को गरेको छु ।

    कांग्रेसी हुँ कांग्रेसको कार्यकर्तालाई नराम्रो पर्न गए माफ गर्नु होला। टोखा नगर पालिकामा कांग्रेस हार्नुको कारणहरू :-


    १. टिकट बितरणमा केन्द्र र प्रदेशको हस्तक्षेप हुनु 


    नेपाली कांग्रेस टोखा नगर पालिकाले टिकट बितरण गर्दा केन्द्र र प्रदेशको ठाडो हस्तक्षेप गरे । नगर समितिले नाम लिष्ट निकालि सकेको अबस्था सिधै अबरोध खडा गरी २/३दिन सम्म अन्यौल बनाए । जसको परीणाम रजनी थापाले आफू एक्लै नोमिनेसन गर्न पुगिन र त्यसको बिरोधमा कांग्रेस भित्र नाम कहलिएका टोखा नगर भित्र रहेर राजनिति गर्ने अझै भनौ टिकटको आश गर्नेहरू नै रजनीको बिरोधमा उत्रिए। बाहिर मुखले ठिक्क पारे पनि भित्र भित्रै रजनीको भोट काट्न लागि परे । हाम्रो भोलिन्टियर खटेकाहरूले मत गन्ने बेलामा ६ छाप रूखमा र १ छाप प्रकाश अधिकारीको सुर्य चिन्हमा हानेको प्रष्ट देखे । यसरी गुट बन्दीको सिकारमा फस्यो टोखा कांग्रेस । 


    २. नगर समिति पावरफूल नहुनु 


    नगर कमिटीले सिफारीष गरेका क्याण्डिनेटलाई पाखा लगाउने काम भयो  साथै टिकट बितरणमा क्षेत्रिय सभापतिहरूले पनि ज्ञान बिबेकले काम गर्न सकेनन् । आफ्नै आसे पासेहरूको नाम अगाडी बढाउनु पनि हारको मुख्य कारण नै हो । नगर समितिको ईकाईको कुनै अस्तित्व नहुने भए पछि त्यसलाई सिधै खारेज गरी दिदा पनि केहि फरक पर्दैन । जहाँ अस्तित्व स्वीकार हुन्छ त्यसको महत्व बेशी हुन्छ ।


    ३. वडामा टिकट बितरण गर्दा ब्यक्तिको ब्यक्तित्वलाई नजर अन्दाज नगर्नु ।


    टोखा नगर पालिका वडा नं २ र ३ मा ७४ सालको चुनावमा कांग्रेसले जितेकै हो यस पटक पनि जित्ने पूर्ण बिश्वास नै थियो तर  वडा अध्यक्षको टिकट १ कार्यकाल गरेकोलाई नदिएर नयाँ अनुहारलाई दिदा हामी हार्यौ । १ कार्यकाल गरेका सिंहराज र दिपक राज जोशीलाई यो कार्यकाल दिएको भए हामी स्वत जित्ने थियौ । मैले ति दुई नयाँ उम्मेदवारहरूलाई पनि नराम्रो भनेको चाँहि पक्कै होईन तर सिंह र दिपकको टोखा २ र ३ मा कस्तो छ भन्ने बिषयमा म पूर्ण रूपमा जानकार छु ।सिंह राज टोखा ३ को जनताको मन मस्तिष्कमा पस्न सफल भएका ब्यक्ति हुन्। यिनलाई यहाँको जनताले काम बिशेषले रातको १२ बजे फोन गरे पनि फोन उठाएर प्रतिकृया दिनुका साथै बोलाएको ठाउँमा उपस्थिति जनाई हाल्छन् । २ र ३ कांग्रेसले जितेको भए मेयरमा हामी पक्का जित्ने थियौ । 


    ४. २०७४ मा उपमेयरमा हार ब्यहोरेकी रजनीको भूमिका सुन्य हुनु 


    २०७४ सालको स्थानीय चुनावमा उपमेयरमा हार ब्यहोरेकी रजनी थापाको २०७४ देखि २०७९ बैशाख सम्म हामी कांग्रेसी साथै टोखा नगरबासीले कुनै कामको प्रत्याभूति गर्न पाएनौ । प्राय गुमनाम अबस्थामा रहेकी रजनी एक्कासी ७९को चुनावमा मेयरको टिकट ल्याएर १७४ भोटको अन्तरमा पराजित हुनुलाई स्वभाबिकै मान्न सकिन्छ कारण प्रकाश अधिकारी ५ बर्ष कुर्सी सम्हालेका टोखा नगरको बिकासमा आफूले सकेको योगदान पुराएका ब्यक्तिसंग टक्कर लिएर यतिका मत ल्याउनुलाई नराम्रो मान्न सकिदैन् । यदि रजनीले टोखा नगरबासीको दुख सुखमा साथ दिएको भए जित सुनिश्चित नै थियो ।रजनीले आफ्नो फाउण्डेसन मार्फत २/४ वटा क्लवलाई सहयोग गर्दैमा मैले चुनाव जित्छु भन्ने आश गर्नु बेकार थियो । चुनावमा हारे पनि बिकास निर्माणको कार्यमा साथ दिनु पर्ने होईन र !


    ५ . कृयाशील सदस्यता बितरणमा समस्या 


    टोखा नगर र इकाई कमिटीहरूले कांग्रेस भएकै आधारमा टोखामा बस्ने कांग्रेसीलाई कृयाशील बितरण गर्नु पनि चुनाव हार्नुको मेन कारक तत्व नै मान्न सकिन्छ। टोखा नगरमा बस्ने भोटर लिष्टमा नाम नहुनेहरूलाई बिभिन्न पदमा बहाली गरेर चुनावका दिनमा उपत्यका बाहिर गई मतदान गर्नेको औचित्य के ? यसको मुल्याङ्कन कसले गर्ने ? आफ्ना आसेपासेलाई कृयाशील बाड्नु पनि दुर्भाग्य नै हो । राम्रा र खट्ने ब्यक्तिलाई नगर र ईकाईले चिन्न नसक्नुको परीणाम पनि हो । 


    ६. मेयर उपमेयरको उम्मेदवार हेरफेर....


    टोखा नगरको बर्तमान अबस्थालाई मुल्याङ्क गर्दा मेयरको उम्मेदवारमा मुरारी तामाङ र उपमेयरमा रजनी उठेको भए हामी प्यानल नै जित्ने थियौ । यो नै हाम्रो त्रुटी भयो । भलै उप मेयरमा मुरारी तामाङ जित्न सफल भए । मुरारी तामाङ सामाजिक सेवामा तल्लिन भएर आफ्नो सारा सम्पति सकाई सकेका कांग्रेसका युवा नेता हुन । मिजासिलो स्वभावका धनी मुरारी जनतामाझ लोक प्रिय भएकै कारण बाजी मार्न सफल भए । 


    अन्तमा टोखा नगरपालिका कांग्रेस हार्नुको मेन जड नै गुटबन्दी हो । यसरी गुटबन्दी गर्ने हो भने टोखा नगरमा कांग्रेसले बिजयको झण्डा फहराउन मुस्किल पर्ने छ । कांग्रेसको तल्लो तह देखि नै सुदृढिकरण गरर लैजान जरूरी छ । अब आउने स्थानीय चुनावमा टोखा नगरमा रहेका कांग्रेसी र कांग्रेस समर्थकहरूले नै उम्मेदवार चयन गर्न पाउनु पर्दछ ताकी केन्द्र र प्रदेशको हस्तक्षेप मुक्त बनाउन जरूरी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology