Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • ०९:१६:२७ बजे
  • 796
    SHARES
  • गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी

    गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा निर्वाचित माओवादीकी गुरुङले १ हजार ५६५ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३०७ मत ल्याएकी छन् ।

    सात वटा वडा रहेको उक्त गाउँपालिकामा पाँच वडा नेपाली कांग्रेस र दुई वडा माओवादीले जितेको हो ।

    वडा नम्वर १, २, ४, ५, ७ मा कांग्रेस र ३ र ६ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नम्वर ६ को अध्यक्षमा माओवादी केन्द्रका सरोज लामा सर्वसम्मत भएका थिए ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology