Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नवलपरासीको पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

नवलपरासीको पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:०४:४० बजे
  • 1.0K
    SHARES
  • नवलपरासीको पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् ।

    images

    नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन् । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे ।

    उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएका छन् ।

    माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरेका छन् ।

    कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

    कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ । चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology