Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:११:३४ बजे
  • 502
    SHARES
  • गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

    नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

    images

    काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे ।

    एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी एमालेका सापकोटाले ८ हजार ३५१ मत ल्याए । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् ।

    नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भए । यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले चुनावी मैदान थियो ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology