Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तहमा कांग्रेस पहिलो,माओवादी केन्द्र तेस्रो तर निर्णायक पार्टी

स्थानीय तहमा कांग्रेस पहिलो,माओवादी केन्द्र तेस्रो तर निर्णायक पार्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:२८:२६ बजे
  • 634
    SHARES
  • स्थानीय तहमा कांग्रेस पहिलो,माओवादी केन्द्र तेस्रो तर निर्णायक पार्टी

    बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी छ ।

    images

    मतदान भएको सातादिन हुँदा लगभग ७५ प्रतिशत स्थानीय तहको मतगणना सम्पन्न भएको छ । आज विहान १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २८१ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ ।

    ४३ स्थानीय तहमा अग्रता कामय राखेको कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । त्यस्तै नेकपा एमालेले हालसम्म १७८ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एमालेले अझै २० स्थानमा अग्रता लिइरहेको छ ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले हालसम्म १११ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अझै ११ स्थानीय तहको मतगणनामा अग्रता लिइरहेको छ ।

    यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म १८ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । पछिल्लो मतरिणाम अनुसार जसपा चौथो स्थानरहको छ । जसपले अहिले १६ स्थानमा अग्रता लिइरहेको छ ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तहको नेतृत्व जितेको छ । हालसम्मको मपरिणाम अनुसार पाँचौ स्थानमा देखिएको एकीकृत समाजवादीले अझै ५ स्थानीय तहको मतगणनामा अग्रंता लिइरहेको छ ।

    यो मतपिरणाम हेर्दा अब कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यो पटकको निर्वाचनमा भने माथि उक्लिएको छ । तर, पहिलो स्थानमा रहेको नेकपा एमाले यो पटको स्थानीय तह निर्वाचनमा द्रोस्रोमा चित्त बुझाउनु पर्ने भएको छ ।

    यता नेकपा माओवादी केन्द्रले पनि तेस्रो स्थानमा चित्त बुझाउनु पर्ने भएको छ । तर, यस अघिको स्थानीय तह निर्वाचनको मतपरिणाम भन्दा यो पटकको स्थानीय तह निर्वाचनमा निकै सुधार गरेर तेस्रो तर, निर्णायक पार्टी बन्ने देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology