Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचन :६१९ स्थानीय तहको नतिजा घोषणाको पछिल्लो मत परिणाम

स्थानीय तह निर्वाचन :६१९ स्थानीय तहको नतिजा घोषणाको पछिल्लो मत परिणाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:३३:४३ बजे
  • 1.4K
    SHARES
  • स्थानीय तह निर्वाचन :६१९ स्थानीय तहको नतिजा घोषणाको पछिल्लो मत परिणाम

    निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ ।

    images

    जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ । स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ ।

    अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ । अघिल्लो स्थानीय तहमा दोस्रो दलमा खुम्चिएको काँग्रेस यो पटक बलियो अवस्थामा पुगेको हो ।

    यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।

    यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गर्दा अझै पनि ६ प्रमुख र ३ अध्यक्षमा अग्रता बनाएको छ ।

    यस्तै एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तह, जसपाले १८, लोसपाले ५ स्थानीय तह जित्दा केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology