Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पहिला जोसँग हारे अहिले उसैलाई हराए

पहिला जोसँग हारे अहिले उसैलाई हराए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:४६:१५ बजे
  • 445
    SHARES
  • पहिला जोसँग हारे अहिले उसैलाई हराए

    म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् ।

    images

    निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन् । विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजित गरेका थिए ।

    यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन्। गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् ।

    तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो ।

    कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, काँग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।

    त्यसैगरि मंगला गाउँपालिका–३  बरंजामा नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले अघिल्लो निर्वाचनमा आफुलाई पराजीत गर्दै बिजयी भएका नेकपा एमालेका कबिन्द्र रोकालाई पराजीत गर्दै वडा अध्यक्षमा जित हासिल गरेका हुन् । निवर्तमान वडा अध्यक्ष समेत रहेका कबिन्द्रलाई २१४ मतान्तरले पराजीत गर्दै यामबहादुर वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

    वडा अध्यक्षका उम्मेदवार याम बहादुर रोकाले ७ सय ९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा कबिन्द्रले ६०५ मत प्राप्त गरि बिजयी हुँदा यामले ५२७ मत प्राप्त गरेका छन्

    ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा नेकपा एमालेले २२ वटा वडा सहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उप–प्रमुख, नेपाली काँग्रेसले १७ वटा वडा सहित दुई स्थानीय तहमा प्रमुख र एकमा उप–प्रमुख, नेकपा माओवादी केन्द्रले ६ वटा वडा सहित दुई स्थानीय तहमा उप–प्रमुखमा बिजयी हाँसिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अहिले उसैलाई हराए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology