Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कान्छा र पाका जनप्रतिनिधि ? कम र बढी अन्तरले कसले जिते ?

कान्छा र पाका जनप्रतिनिधि ? कम र बढी अन्तरले कसले जिते ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १२:२६:०६ बजे
  • 748
    SHARES
  • कान्छा र पाका जनप्रतिनिधि ? कम र बढी अन्तरले कसले जिते ?

    स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    images

    अहिलेसम्मको परिणामलाई हेर्दा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी सबैभन्दा फराकिलो मत अन्तरका साथ निर्वाचित भएकी छन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले भन्दा २६ हजार ९११ मत बढी पाइन् ।

    त्यसैगरी भक्तपुरकै मेयर सुनिल प्रजापतिले निकटतम प्रतिस्पर्धी रामप्रसाद कासुलाले भन्दा २५ हजार ८४८ मत बढी ल्याए । फराकिलो मतान्तरले निर्वाचित दुवैजना नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हुन् ।

    केही ठूला महानगरपालिकाको नतिजा सार्वजनिक हुन बाँकी भएकाले यो रेकर्ड तोडिन पनि सक्छ ।

    यसैगरी सर्लाहीको मलंगवा, मुस्ताङको घरपझोङ, तनहुँको बन्दीपुर र ताप्लेजुङको सिदिङवामा १० भन्दा कम मतको अन्तरमा जनप्रतिनिधिहरु निर्वाचित भए ।

    ताप्लेजुङको सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी कडरियाले प्रतिस्पर्धीले भन्दा एक मत बढी पाइन् । बन्दीपुरकी उपाध्यक्ष पञ्चमाया गुरुङ र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा २/२ मत बढी पाएर निर्वाचित भए । मलंगवाकी उपप्रमुख शकुन्तला देवी साहले प्रतिस्पर्धीको तुलनामा चार मत बढी पाइन् ।

    कम र बढी उमेरका जनप्रतिनिधि

    पर्साको कालिकामाई गाउँपालिकाका वशिष्ट कुमार सबैभन्दा कम उमेरका अध्यक्ष हुन् । जनता समाजवादी नेपालबाट निर्वाचित उनी २१ वर्षका छन् ।

    त्यसैगरी सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेली सबैभन्दा पाका अध्यक्ष हुन् । कांग्रेसबाट निर्वाचित उनी ८० वर्षका छन् ।

    सर्लाहीकै धनकौल गाउँपालिकाको अध्यक्षमा ७८ वर्षीय रामआश्रय साह निर्वाचित भएका छन् ।

    झापाको हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ७७ वर्षकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology