Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै

भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १८:५८:२४ बजे
  • 1.0K
    SHARES
  • भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

    images

    गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार २०२ मतको फराकिलो अग्रता लिएका हुन् ।

    पछिल्लो मतपरिणाम अनुसार रेनुले २२ हजार ५९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् । स्वतन्त्र उम्मेदेवार जगन्नाथ पौडेलको ८ हजार ३७३ मत आएको छ ।

    उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ ।

    गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनमा हिमला गुरुङले १५ हजार ३११ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology