Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १९:३९:२९ बजे
  • 925
    SHARES
  • स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

    स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा (एमाले)का १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    images

    प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ ओटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदका लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

    आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानीय तहमा हालसम्म एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी बनेका छन् ।

    प्रमुखमा ६०, अध्यक्षमा ११६, उपप्रमुखमा ७९, उपाध्यक्षमा ११८, वडा अध्यक्षमा १ हजार ९०८, महिला सदस्यमा २ हजार ८४, दलित महिला सदस्यमा २ हजार ४२ र सदस्यमा ४ हजार २०२ जना एमाले उम्मेदवार विजयी भएको अयोगले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology