Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १९:४१:१४ बजे
  • 637
    SHARES
  • स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

    निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ ।

    images

    पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो ।

    निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

    ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवार विजयी बनेका छन् ।

    आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २ हजार ३५४, दलित महिला सदस्यमा २ हजार २९५ र सदस्यमा ४ हजार ७६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology