Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पोखरामा धनराजलाई ३ हजार ४१ मतको अग्रता

पोखरामा धनराजलाई ३ हजार ४१ मतको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • ०९:५५:५१ बजे
  • 1.0K
    SHARES
  • पोखरामा धनराजलाई ३ हजार ४१ मतको अग्रता

    स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

    images

    हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् ।

    त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

    त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५२० मत प्राप्त गरेका छन्, भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि हुनुहुन्छ भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उनलाई पछ्याइरहेका छन् । उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनले तीन हजार ४११ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology