Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८०० रुपैयाँले बढ्यो सुनको मूल्य

८०० रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १२:५५:५५ बजे
  • 655
    SHARES
  • ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले साताभरमा आइतबारको तुलनामा शुक्रबारसम्ममा मूल्य बढेको जानकारी दिएको हो ।

    images

    आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा ८०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

    सोमबार सार्वजनिक बिदा भएकाले कारोबार नभएको सुनको मूल्य मंगलबार २०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ९०० रुपैयाँले घटेको थियो भने बिहीबार ५०० रुपैयाँ र १०० रुपैयाँ बढेको थियो ।

    यससँगै, यो साता समग्रमा सुनको मूल्य ८०० रुपैयाँ उकालो लागेको हो ।

    यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । साताका ५ कारोबार दिनमा प्रतितोला ३० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जानकारी दिएको छ । आइतबार तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १२ सय ७० रुपैयाँ छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology