Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

७०२ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस बन्यो पहिलो दल, कुन पार्टीको जित कति ?

७०२ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस बन्यो पहिलो दल, कुन पार्टीको जित कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • ०९:२१:१६ बजे
  • 3.0K
    SHARES
  • ७०२ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस बन्यो पहिलो दल, कुन पार्टीको जित कति  ?

     वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा छ । ७५३ स्थानीय तहमध्ये हालसम्म ७०२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    images

    पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले आइतबार विहान ८ः ३० बजेसम्म ३११ पालिकामा प्रमुख जितेको छ भने २८३ स्थानमा उपप्रमुख जितेको छ । कांग्रेसले अझै १५ स्थानमा अग्रता लिइरहेको छ ।

    यता २०७४ सालमा पहिलो दल बनेको नेकपा एमालेले यसपटक दोस्रो दलमा चित्त बुझाउनु पर्नेछ । एमालेले हालसम्म १९० स्थानमा पालिका प्रमुख जितेको छ भने २१८ स्थानमा उपप्रमुख जितेको छ ।

     

    यस्तै, माओवादी केन्द्रले ११९ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । उपप्रमुखमा १२४ स्थानमा जित हात पारेको छ । जनता समाजवादी पार्टीले २९ स्थानमा जित हात पारेको छ ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले पहिलो पटक भाग लिएको स्थानीय निर्वाचनमा १७ स्थानमा प्रमुख र २१ स्थानमा उपप्रमुख जित्न सफल भएको छ ।

    त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ११ पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको छ । राप्रपाले ४ र अन्य दलले २३ स्थानमा जितेको छ ।

    अहिले महानगर, उपमहानगर र केही जिल्ला लगायतका क्षेत्रमा मतगणना जारी छ । महानगरमा काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्ज र ललितपुरमा मतगणना भइरहेको छ ।

    काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । त्यस्तै, भरतपुर महानगरमा माओवादी केन्द्रका रेणु दाहालले अग्रता लिइरहेका छन् । पोखरा महानगरमा गठबन्धनतर्फ एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

    त्यस्तै, ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छन् भने वीरगञ्जमा जसपामा राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।

    त्यस्तै, धरान उपमहानगरपालिका र धनगढी उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

    काठमाडौं महानगरपालिका
    १, बालेन साह (स्वतन्त्र)- ३५७५१

    २, केशव स्थापित  (एमाले)- १९५१५

    ३, सिर्जना सिंह (कांग्रेस)- १९४५८

    ४, सुमन सायमी (स्वतन्त्र)-१२९३

    ५, मदनदास श्रेष्ठ (राप्रपा)- १७९६

    ललितपुर महानगरपालिका
    १. चिरीबाबु महर्जन (कांग्रेस)- २७२४२

    २. हरिकृष्ण ब्यञ्जनकार (एमाले)-१५९८३

    ३. अष्टबहादुर महर्जन (राप्रपा)- २६१०

    भरतपुर महानगरपालिका
    १, रेणु दाहाल (माओवादी)- २९६७५

    २, विजय सुवेदी (एमाले)- २३८६१

    ३, जगन्नाथ पाैडेल (स्वतन्त्र)- १०४२४

    पोखरा महानगरपालिका

    १, धनराज आचार्य (एकीकृत समाजवादी)- ३५५८७

    २, कृष्णबहादुर थापा (एमाले)- ३२३२५

    ३, शंकर खराल (राप्रपा)-३९८९

    ४, खडकराज पौडेल (स्वतन्त्र)- २२४९

    वीरजगञ्ज महानगरपालिका
    १, राजेशमान सिंह (जसपा)– २७५१५

    २, विजयकुमार सरावगी (एमाले)– १४२३३

    ३, गिरीश गिरी (राप्रपा)– १३२२

    विराटनगर महानगरपालिका
    १, नागेश कोइराला (कांग्रेस)- ३०१७० (निर्वाचित)

    २, सागरकुमार थापा (एमाले)- २१४५५

     

    उपप्रमुख
    काठमाडौं महानगरपालिका
    १, सुनिता डंगोल (एमाले)- २६५७५

    २,  रामेश्‍वर श्रेष्ठ  (एकीकृत समाजवादी)- ८५९१

    ३, विनिता मगैया (राप्रपा)- ३६२३

    ४, वेन्जीसिंह महर्जन (स्वतन्त्र) – २१४२

    ललितपुर महानगरपालिका
    १, मन्जली शाक्य बज्राचार्य (एमाले)-१५७६५

    २, बाबुराजा बज्राचार्य  (माओवादी)- १०८३४

    ३, स्वर्णिमा शाक्य (राप्रपा)- ४५९७

    भरतपुर महानगरपालिका
    १, चित्रसेन अधिकारी (कांग्रेस)- ३२०५२

    २, हिमला गुरुङ (राप्रपा)- १८४९४

    पोखरा महानगरपालिका
    १, कोपिला रानाभाट (कांग्रेस)- ३६०३९

    २, मञ्जुदेवी गुरुङ (एमाले)- ३६८५४

    ३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- ३८६४

    वीरजगञ्ज महानगरपालिका
    १, इम्तियाज आलम (कांग्रेस) – १९०४९

    २, पुरुषोत्तमलाल झा (लोसपा)- ४२५१

    ३, रम्‍भा मिश्रा (स्वतन्त्र)- ३२५४

    ४, बिना जयसवाल (राप्रपा)– २८८५

    विराटनगर महानगरपालिका
    १, शिल्पा कार्की (एमाले)- २५६८० (निर्वाचित )

    २,  अमरेन्द्र यादव (जसपा) – १४२१९

    (अन्तिम अपडेट- जेठ ७ गते, शनिबार साँझ ७ः०९ बजे)

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology