Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी, सत्ता गठबन्धन पराजित

धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी, सत्ता गठबन्धन पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • ०९:३०:४२ बजे
  • 553
    SHARES
  • धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी, सत्ता गठबन्धन पराजित

    धनगढी उप–महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्रका गोपाल हमाल विजयी भएका छन् ।

    images

    हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् ।

    उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् । प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology