Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा भत्कियो एमालेको किल्ला

ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा भत्कियो एमालेको किल्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • ०९:४५:१५ बजे
  • 1.3K
    SHARES
  • ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा भत्कियो एमालेको किल्ला

    यसपटक नेपाली कांग्रेस पाँचदलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए । अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए ।

    images

    एमाले भने भुरेटाकुरे १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए । उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोरेको छ ।

    ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए । तर, उनी गएका सहरमा एमालेले कतै पनि चुनाव जितेको छैन । पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ ।

    यी स्थानीय तहमा पनि एमालेले चुनाव जित्न सकेन । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार कांग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ ।

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यसपटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै कांग्रेस पहिलो दल बन्न सफल भएको छ ।

    सात सय ५३ मध्ये कांग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यसपटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबीच तालमेल भएको थियो ।

    जसले कांग्रेसलाई धेरै फाइदा पुग्न गयो । भलै कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई कांग्रेसले यसपटक ब्रेक गरेको छ ।

    कांग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले कांग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।

    कहाँ कहाँ भत्कियो एमालेको किल्ला

    नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ ।

    एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले पराजित गरेका हुन् । एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि पराजय व्यहोरेको छ ।

    पनौती एमालेको गढ मानिन्छ । त्यहाँ काँग्रेसका उम्मेदवार विजयी भएका छन् । हेटौंडामा पनि एमाले पराजित भएको छ । त्यहाँ एमालेबाट फुटेको नेकपा एसकी मीनाकुमारी लामा मेयरमा विजयी भएकी छिन् । मकवानपुर जिल्ला नै एमालेको गढ हो । त्यहाँ एमालेले धेरै पालिका गुमाएको छ ।

    अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा एमालेले देशका कुनैपनि महानगरपालिका नजित्ने अवस्था देखिएको छ । एमालेले आशा गरेको काठमाडौं महानगरपालिकामा बालेन साह ठूलो मतान्तरका साथ अगाडि छन् । पोखरामा पनि नेकपा एसका धनराज आचार्य मतान्तरसहित अगाडि छन् ।

    भरतपुरमा रेनु दाहाल जीतको नजिक छन् । २०७४ को स्थानीय चुनावमा एमालेले २ महानगरपालिका जितेको थियो । यसपटक सून्य अवस्थामा पुग्ने देखिदैछ । उपमहानगरपालिकामा एमालेले घोराही जितेको छ । तुलसीपुरमा कडा टक्कर छ । कलैयामा पनि एमाले जितेको छ ।

    बाँकी उपमहानगरपालिकाहरु एमालेले गुमाइसकेको र गुमाउने अवस्था छ । देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, किर्तिपुरलगायतमा पनि एमाले पराजित भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology