Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी १२० र एकीकृत समाजवादीले १७ प्रमुख जिते

४८ पालिकाको मतपरिणाम आउँन बाँकी

४८ पालिकाको मतपरिणाम आउँन बाँकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • १४:२०:२७ बजे
  • 958
    SHARES
  • ४८ पालिकाको मतपरिणाम आउँन बाँकी

    स्थानीय तह निर्वाचन–२०७९ को हालसम्म ७०५ पालिकाको मतरिणाम आइसकेकोछ । गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन सम्पन्न भएको थियो ।

    images

    निर्वाचन भएकामध्ये अब ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आइतबार बिहान १० बजेसम्म आएका मतपरिणामअनुसार सबैभन्दा बढी प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।

    यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने १६ वटा पालिकामा प्रमुख तथा अध्यक्षमा अग्रता लिइरहेका छन् । यस्तै, माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेको छ भने २ पालिकामा अग्रता लिइरहेका छन् ।

    जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने जारी मतगणनामा ३ पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने दुईवटा पालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीले अग्रता लिइरहेको कास्कीको पोखरामा जित सुनिश्चित जस्तै देखिएको छ ।

    यस्तै, तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    मतगणना भइरहेकामध्ये तीन पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # मतपरिणाम आउँन बाँकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology