Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

शुक्लाफाँटाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

शुक्लाफाँटाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • १४:४३:१५ बजे
  • 583
    SHARES
  • शुक्लाफाँटाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    images

    शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसका कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् ।

    एमालेका उम्मेदवार महरा ६ हजार ७ सय ७३ मत ल्याई मेयरमा विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत ल्याएका छन् ।

    यस्तै, शुक्लाफाँटाको उपमेयरमा कांग्रेसका उम्मेदवार कल्पनाकुमारी जोशी ६ हजार ५ सय १९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३ सय ६० मत ल्याएका थिए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology