Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनुले लिए ८ हजार मतको फराकिलो अग्रता

भरतपुरमा रेनुले लिए ८ हजार मतको फराकिलो अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • १८:०७:४३ बजे
  • 667
    SHARES
  • भरतपुरमा रेनुले लिए ८ हजार मतको फराकिलो अग्रता

    निरन्तर अग्रता दिँदै आएका भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले अग्रता मत अझै बढाएका छन् ।

    images

    स्थानीय तह निर्वाचन अत्तर्गत चिनवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रेनुले अग्रता मत झनै बढाएका हुन् ।

    पछिल्लो मतपरिणाम अनुसार रेनुले ३८ हजार ९३५ पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले २९ हजार ६३३ मत पाएका छन् ।

    विजयले पाएको मतभन्दा रेनुले पाएको मत ८ हजार २९५ बढि हो । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले पनि अग्रता झनै बढाएका छन् ।

    कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४० हजार १२१ मत पाएका छन भने राप्रपाका उम्मेदवार हिमला गुरुङले २३ हजार ४४३ मत पाएका छन् । गुरुङले पाएको भन्दा अधिकारीले पाएको मत १६ हजार ६७८ बढि हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology