Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक,६ वटै महानगरमा- कहाँ कसको अग्रता ?

७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक,६ वटै महानगरमा- कहाँ कसको अग्रता ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • ०९:२७:२१ बजे
  • 5.7K
    SHARES
  • ७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक,६ वटै महानगरमा- कहाँ कसको अग्रता ?

    देशभरका ७५३ पालिकामध्ये साँझ ९ बजेसम्ममा ७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल २ पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३३ पालिकाको गणना जारी छ ।

    images

    हालसम्म ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा र कलैया गरी ९ वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

    लसीपुर र जनकपुरको गणना जारी छ । तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । हालसम्मको गतिका आधारमा काठमाडौँ, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ ।

    काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डङ्गोलको अग्रता छ । साहले ४० हजार ५१ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४८४ रहेको छ ।

    उपप्रमुखमा डङ्गोलको ३९ हजार ८१६ र उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको १३ हजार ८९५ मत रहेको छ । ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ ।

    कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ ।

    उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ ।

    यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदमा हालसम्म ३३ हजार ८५८ निर्वाचित भएको आयोगले जनाएको छ । निर्वाचन सकिएको नौ दिन बितिसकेको छ ।

     

    देशका ६ वटै महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख पदका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट-

    प्रमुख
    काठमाडौं महानगरपालिका
    १, बालेन साह (स्वतन्त्र)- ४१७६७

    २, सिर्जना सिंह (कांग्रेस)- २४३७५

    ३, केशव स्थापित  (एमाले)- २३३५४

    ४, सुमन सायमी (स्वतन्त्र)- १२९३

    ५, मदनदास श्रेष्ठ (राप्रपा)- १७९६

    ललितपुर महानगरपालिका
    १. चिरीबाबु महर्जन (कांग्रेस)- ३०८६०

    २. हरिकृष्ण ब्यञ्जनकार (एमाले)- १८२०१

    ३. अष्टबहादुर महर्जन (राप्रपा)- ३३६३

    भरतपुर महानगरपालिका
    १, रेणु दाहाल (माओवादी)-४०५८९

    २, विजय सुवेदी (एमाले)-  ३१५७०

    ३, जगन्नाथ पाैडेल (स्वतन्त्र)-  १३६४

    पोखरा महानगरपालिका

    १, धनराज आचार्य (एकीकृत समाजवादी)- ४५०२७

    २, कृष्णबहादुर थापा (एमाले)- ४१५९०

    ३, शंकर खराल (राप्रपा)- ४९८७

    ४, खडकराज पौडेल (स्वतन्त्र)- २६१३

    वीरजगञ्ज महानगरपालिका
    १, राजेशमान सिंह (जसपा)– ३३३१५

    २, विजयकुमार सरावगी (एमाले)– १७४२०

    ३, गिरीश गिरी (राप्रपा)– २४७४

    विराटनगर महानगरपालिका
    १, नागेश कोइराला (कांग्रेस)- ३०१७० (निर्वाचित)

    २, सागरकुमार थापा (एमाले)- २१४५५

     

    उपप्रमुख
    काठमाडौं महानगरपालिका
    १, सुनिता डंगोल (एमाले)- ३८३५१

    २,  रामेश्‍वर श्रेष्ठ  (एकीकृत समाजवादी)- १३४३१

    ३, विनिता मगैया (राप्रपा)- ७०२३

    ४, वेन्जीसिंह महर्जन (स्वतन्त्र) – २१४२

    ललितपुर महानगरपालिका
    १, मन्जली शाक्य बज्राचार्य (एमाले)- १७७१६

    २, बाबुराजा बज्राचार्य  (माओवादी)- १२६६६

    ३, स्वर्णिमा शाक्य (राप्रपा)- ४९७९

    भरतपुर महानगरपालिका
    १, चित्रसेन अधिकारी (कांग्रेस)- ४२०७४

    २, हिमला गुरुङ (राप्रपा)- २४४८४

    पोखरा महानगरपालिका
    १, कोपिला रानाभाट (कांग्रेस)- ४४९६४

    २, मञ्जुदेवी गुरुङ (एमाले)- ४७३२४

    ३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- ४९२७

    वीरजगञ्ज महानगरपालिका
    १, इम्तियाज आलम (कांग्रेस) – २२८१३

    २, पुरुषोत्तमलाल झा (लोसपा)- ५५५९

    ३, रम्‍भा मिश्रा (स्वतन्त्र)- ३१६८

    ४, बिना जयसवाल (राप्रपा)– ४३०१

    विराटनगर महानगरपालिका
    १, शिल्पा कार्की (एमाले)- २५६८० (निर्वाचित )

    २,  अमरेन्द्र यादव (जसपा) – १४२१९

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology