Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनु दाहाल जित नजिक

भरतपुरमा रेनु दाहाल जित नजिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १०:०५:२२ बजे
  • 1.4K
    SHARES
  • भरतपुरमा रेनु दाहाल जित नजिक

    भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् ।

    images

    मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित निश्चित जस्तै भएको हो ।

    अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । रेनु एमालेका विजय सुवेदीभन्दा ९ हजार ९ सय ३० अगाडि छिन् ।

    रेनुले ४३ हजार ७ सय ४३ र विजयले ३३ हजार ८ सय १३ मत ल्याएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलको १३ हजार ३ सय ७७ मत छ । यस्तै अधिकारी राप्रपाका हिमला गुरुङभन्दा १८ हजार ३ सय २५ मतले अगाडि छन् ।

    उपमेयरमा अधिकारीले ४५ हजार ७४ र गुरुङले २६ हजार ७ सय ४९ मत ल्याएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology