Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग

सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १६:५५:५१ बजे
  • 841
    SHARES
  • सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग

    नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी छन् ।

    images

    संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद विषयमा भएको छलफलमा उनले यस्तो माग गरेकी हु्न् ।

    सुन्दरी प्रतियोगिता आयोजना नगर्दा राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् ।

    शान्ति प्रक्रियामा आए लगत्तै मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि आफूहरूले दबाव दिएको सन्दर्भ सम्झाउँदै उनले भनिन्, ‘बिगतमा पनि आवाज उठाएका हौं, सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’

    बलात्कारको घटनामा ऐन संशोधन गरेर हदम्याद नलाग्ने बनाउनु पर्ने उनले धारणा राखिन् ।

  • सम्बन्धित विषय:

  • # सांसद थापाको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology