Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो हवाई भाडा

बढ्यो हवाई भाडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०७९ मंगलवार • ०९:४१:२३ बजे
  • 664
    SHARES
  • बढ्यो हवाई भाडा

    हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ।

    images

    फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। ।

    अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।

    नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

    समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ।

    यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो हवाई भाडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology