Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०७९ मंगलवार • ०९:४३:५३ बजे
  • 1.0K
    SHARES
  • पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

    images

    मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिए ।

    बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भने, “हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ ।

    हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ ।” काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ ।

    मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए ।

    मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालुतर्फ ५३।३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६।७३ प्रतिशत मात्र खर्च भएको जानकारी दिए ।

    उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको जनाउँदै यसवर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण पेश गरे ।

    उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि दाबी गरे । सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उनले बताए । मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सङ्घीय संसद् सचिवालयलगायत विभाग र निकायले काम गरिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology