Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विश्वप्रकाशले गुमाए गृहनगर, एमाले विजयी

विश्वप्रकाशले गुमाए गृहनगर, एमाले विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०७९ मंगलवार • १०:०७:५८ बजे
  • 913
    SHARES
  • विश्वप्रकाशले गुमाए गृहनगर, एमाले विजयी

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रसाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ ।

    images

    मेयर उपमेयर दुवै एमालेले जितेको हो । मेयरमा गाेपालचन्द्र बुढाथोकी २६ हजार ४ सय ७८ मतसहित निर्वाचित भए ।

    निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत प्राप्त गरे । नवनिर्वाचित मेयर बुढाथोकी प्रदेशसभा सदस्यबाट राजिताना दिएर मेयरमा लडेका थिए । यस्तै उपमेयरमा एमालेकै मीना कुमारी पोखरेल निर्वाचित भइन् ।

    उनले २१ हजार ५ सय ९० मत र निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त पाए ।

    यहाँ कांग्रेसका महामन्त्री शर्मा र नेता कृष्णप्रसाद सिटौलाको आन्तरिक द्वन्द्वका कारण यहाँ कांग्रेसले पराजय ब्यहोरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology