Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०७९ मंगलवार • १५:११:०९ बजे
  • 1.6K
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ परेका छन् । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोआडिनेटर समेत रहेका एमाले नेता जनार्दन अधिकार पक्राउ परेका हुन् ।

    images

    काभ्रे घर भएका अधिकारी एमाले नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।

    कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । समाजिक विषय पढाउने शिक्षक समेत रहेका कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको आन्दोलनमा उत्रिएका छन् ।

    पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

    उनीहरुले मंगलबार बिहान कलेज परिसरमा प्रदर्शन गरेका थिए ।

    त्यसपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले नेता पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology