राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निस्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण स्वाच्छ र भयरहित वातावरणमा सम्पन्न यस निर्वाचनले जरैदेखि बलियोे बनाएको छ ।
२०८९ भित्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो जनकारी दिएका हुन् ।
उनले भने, ‘२०८९ भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको छ ।’ सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नती हुने सरकारको भनाइ छ ।
स्तरोन्नतीको प्रभाव व्यवस्थापन गर्न थप कार्ययोजना ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ ।