सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो ।
हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।
गरिब तथा विपन्न घरपरिवारलाई सरकारले सुविधायुक्त परिचयपत्र (सुविधा कार्ड) उपलब्ध गराउने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले पहिचानका आधारमा यस्ता गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।
परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घरपरिवार लक्षित सेवासुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने समेत बताएको छ ।
यस्तै हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकाङ्कमा पहाडी परेका जिल्लामा समेत विस्तार गरिने बताएको छ ।