Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखराको मेयरमा एकिकृत समाजवादी र उपमेयरमा एमाले विजयी

पोखराको मेयरमा एकिकृत समाजवादी र उपमेयरमा एमाले विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • ०९:०८:३७ बजे
  • 508
    SHARES
  • पोखराको मेयरमा एकिकृत समाजवादी र उपमेयरमा एमाले विजयी

    कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।

    images

    आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । उपमेयरमा नेकपा एमालेका मञ्जुदेवी गुरूङ निर्वाचित भएकी छन् ।

    गुरुङले नेपाली कांग्रेसका कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतान्तरले पराजित गरिन् । गुरुङले ६० हजार ५ सय ४६ र रानाभाटले ५६ हजार ६ सय ६३ मत पाए ।

     

  • सम्बन्धित विषय:

  • # उपमेयरमा एमाले विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology