Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तालमेलले गर्दा खुम्चियो महिला नेतृत्व

तालमेलले गर्दा खुम्चियो महिला नेतृत्व

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • ०९:१८:०६ बजे
  • 700
    SHARES
  • तालमेलले गर्दा खुम्चियो महिला नेतृत्व

    गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् ।

    images

    मकवानपुरमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।

    २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।

    स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुख र उपाध्यक्षमा गरी चार जना महिलामा सीमित भएको छ ।

    १० स्थानीय तह रहेको मकवानपुरमा यस पटक नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्ष, हेटौँडा उपमहानगर पालिका र थाहा नगर पालिकामा उपप्रमुख तथा बाँकी सात गाउँपालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो ।

    नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच नौ वटा पालिकामा चुनावी गठबन्धन भएपनि हेटौँडा उपमहानगर पालिकामा प्रमुख र तीनवटा पालिकामा मात्र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology