Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • १६:३०:०४ बजे
  • 781
    SHARES
  • माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

    नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।

    images

    बुधबार बसेको माअ‍ोवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

    छलफलमा सहभागी पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार माओवादी केन्द्रका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई जेष्ठ १७ र १८ गते काठमाडौंमा प्रशिक्षण दिइने छ ।

    प्रशिक्षण नयाँ जनप्रतिनिधिले गर्ने कामबारे विस्तृतमा सिकाइने आचार्यले जानकारी दिए । माओवादी केन्द्रबाट १ सय २१ पालिका प्रमुख र १ सय २८ पालिका उपप्रमुख निर्वाचित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology