Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको आलोचना गर्ने चरण सकियो : गगन थापा

ओलीको आलोचना गर्ने चरण सकियो : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • १६:३१:३० बजे
  • 634
    SHARES
  • ओलीको आलोचना गर्ने चरण सकियो : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् ।

    images

    बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको आलोचना नगरी अब काम गर्ने जिम्मा कांग्रेसलाई आइपुगेको बताए । 

    नेता थापाले, ‘स्थानीय तहमा हामीले झन्डै–झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौँ । प्रदेशको सरकार चलाएका छौँ ।

    अब आलोचना गर्ने चरण सकियो । हाम्रो बारेमा कुरा गर्नुपर्छ । अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा आलोचना गर्नुपर्दथ्यो ।’

    महामन्त्री थापाले दलहरु आफ्ना अजेन्डाअनुसार निर्वाचनमा गएर जनताले त्यसको उत्तर दिइसकेकाको बताए । उनले यस निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेको बताउँदै सिटमात्रै नभइ मतदाताको संख्यासमेत बढेको उल्लेख गरे ।

    ‘हामी जुन लोप्रिय मत भन्छौं, त्यो बढेको छ’ उनले भने, ‘मतदाताको संख्या बढेको छ । कहिलेकाहिँ सिट बढेपनि लोकप्रियता नबढ्न सक्छ । तर यसपल्ट बढेको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology