Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्थानीय चुनावमा अलिकति सिट घटेको हो,एमाले हारेको छैन: ओली

स्थानीय चुनावमा अलिकति सिट घटेको हो,एमाले हारेको छैन: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • १८:३६:१७ बजे
  • 1.4K
    SHARES
  • स्थानीय चुनावमा अलिकति सिट घटेको हो,एमाले हारेको छैन: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका छन् ।

    images

    बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तर्घात पार्टीभित्र देखिएको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।

    ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बताए । ‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन ।

    यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए । तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए ।

    त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एमाले हारेको छैन: ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology